शनि शनिबारको पुजा
विशेष गरेर न्यायको देव शनि ग्रहको कुदृष्टतबाट बच्न गरिन्छ। शनिको रङ् कालो हुन्छ त्यसकारण कालो बस्त्र ग्रहन गर्न सुभ मानिन्छ। कालो कपडा र तिल को दान गर्दा शुभ मनिन्छ।शनिदेव लाई प्रसन्न गर्न ‘ॐ शनिदेवाय नमः’ मन्त्र को जाप गर्नु पर्दछ। शनि ग्रह को पिडा बाट बचन तल दियेको पाच मन्त्र को जाप गर्दा शनि को पिडा कम हुन्छ र शनि देब प्रसन्न हुन्छन्।शनि पुजा गर्दा यो पाच मन्त्र को १०८ पटक जाप गर्दा शुभ हुन्छ।
विशेष लाभका लागि गरौ उपाय
यसदिन केहि खास उपाय पनि गर्न सकिन्छ । जस्तो सूर्योदय भन्दा पहिला शरीरमा तेल मालिश गरेर स्नान गरौ। यस दिन ब्रह्मचर्यको पालन गर्दा लाभ मिल्छ। कुनै पनि यात्र नगरौ । गाइ र कुकुरलाइ तेलमा बनेको चीजहरु खिलाउ यसले विशेष लाभ हुन्छ। यस दिन शनि मंदिरमा शनिदेवको साथै हनुमान जी को दर्शन गर्नु शुभ हुन्छ। शनिदेवको आखामा हेर्नु हुदैन र प्रयास गरौ कि शनिवारको दिन सूर्य देवको पूजा नगरौ। कहिले शनि देवको शरणमा जाने र कसरि उनको पूजा गर्ने…।
यसरी गरौ पूजा
शनिवारको पूजा गर्दा यो कुराको ध्यान राखौ। यस दिन पीपलको रुखको जरामा नै जल अर्पण गरौ। यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलको दीपक जलाउ। शनिको पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्वच्छ राख्नु पर्दछ। यसको अलावा शनिवारको दिन बेलुका गरीबलाई भोजन गराउदा सनिदेव प्रसन्न हुन्छन् र यसले पुण्य प्राप्त हुन्छ।