सुभास भट्ट | बेलायत
बेलायतमा बितेको २४ घन्टामा कोरोना भाईरस संक्रमण बाट ६८४ को ज्यान गएकोछ । बिगत केही दिन देखी मृत्युदरमा हल्का कमी आए पनी फेरी मृत्यु हुने सन्ख्या अहिले एक्कासी आकासिएकोछ।
सरकारी तथ्यान्क अनुशार बेलायतमा हाल सम्म भाईरसबाट संक्रमित हुनेको सन्ख्या १४३,४६४ पुगेकोछ भने भाईरसको संक्रमणबाट मृत्यु हुनेको कुल सन्ख्या १९,५०६ पुगेको छ।
बेलायत को स्वास्थ्य संस्था NHS द्वारा गरायीएको जानकारी अनुशार हिजो २८,५३२ जनामा कोरोना भाईरसको टेष्ट गरिएकोथियो जसमध्ये ५३८६ जनामा भाईरसबाट संक्रमित भएको पायीएकोथियो।
हाल बेलायतमा लकडाउन पुर्णरुपमा लागु गरिएकोछ तर पनी केही दिन यता जन्ताहरु द्वारा लकडाउन को अबहेलना गरी बाहिर आवत जावत गरिएको समाचार रहेकोछ। करीब १ महिना भन्दा बढी लकडाउनमा बसेका जन्ताहरु अब प्रशासन र प्रहरीको वास्ता नगरी आफ्नै तरीका ले बाहिर निस्किन थालेको भन्दै बिभिन्न समाचार माध्यम र प्रहरी प्रशासनले सरकारको धयान आकर्षण गराएकाछन।
अर्को तिर स्वास्थ्य बिशेषज्ञहरु द्वारा जनताको उक्त कदम निकै घातक हुन सक्ने र यस गल्ती बाट भबिष्यमा धेरै मानबिय क्षती हुने चेतावनी दिएकाछन।