काेराेनाबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख नजिक

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

काठमान्डौ

विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाखनजिक पुगेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शनिबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ९७ हजार ७४ पुगेको छ । संक्रमण हुनेको संख्या भने २८ लाख २७ हजार ८१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर साढे ६ हजारभन्दा बढीकाे मृत्यु भएकाे छ भने एक लाख बढी नयाँ संक्रमित थपिएका छन् । शुक्रबार बिहानसम्म विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार ४९९ पुगेको थियाे । संक्रमण हुनेको संख्या भने २७ लाख १६ हजार ३८८ थियाे । सङ्क्रमितमध्ये ७ लाख ९८ हजार ३६३ जना भने उपचारपछि घर फर्किएका छन् ।

अहिले १८ लाख ३२ हजार ३७९ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५८ हजार ५३१ जनाको अवस्था भने गम्भीर रहेको छ । कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ५२ हजार १६८ जनाको मृत्यु भैसकेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ९३४ जनाकाे मत्यु भएको छ भने ३७ हजार ७९५ जना नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म त्यहाँ संक्रमितकाे संख्या ९ लाख २४ हजार २३७ पुगेको छ । तीमध्ये एक लाख १० हजार ४३२ जना पूर्णरूपमा निको भैसकेका छन् । अहिले त्यहाँ ७ लाख ६३ हजार ३७१ सय बढीमा कोरोनाको सक्रिय रहेको छ ।संक्रमितमध्ये १५ हजारकाे अवस्था गम्भीर रहेको छ ।

अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २५ हजार ९६९ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख ९२ हजार ९९४ जना कोरोनाबाट संक्रमित भएका छन् । शुक्रबार मात्रै इटालीमा साढे ३ हजार नयाँ संक्रमित भेटिएका छन् भने ४२० जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६० हजार ४९८ बढी पूर्णरूपमा निको भैसकेका छन् । अहिले त्यहाँ २ हजार बढीकाे अवस्था गम्भीर रहेकाे छ ।

यस्तै, नेपालमा पनि शुक्रबार एक नयाँ संक्रमित फेला परेसँगै संक्रमितको संख्या ४९ पुगेको छ । संक्रमित मध्ये ९ जना उपचार पछि घर फर्किसकेका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार जारी छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *