ब्रेकिङ : सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान जेठ २ गतेसम्म बन्द रहने, लकडाउनको बारेमा निर्णय हुन सकेन

समाचार
शेयर गर्नु होला

काठमान्डौ

मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समिति बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान मे १५ अर्थात् जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। निर्णयको बारेमा  प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिएकाछन।

जानकारी अनुशार हालको लकडाउनको निरन्तरता बारे उक्त बैठकमा छलफल भए पनि यसको विषयमा निर्णय भने हुन सकेन।सरकार द्वारा पछिल्लोपटक थपेको १२ दिने लकडाउन यही वैशाख १५ गते सकिँदैछ र अब लकडाउनको बारेमा के गर्ने भन्ने मन्‍त्रिपरिषद्ले निर्णय गर्ने सचिव नारायण विडारीले जानकारी दिनु भयो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *