कीर्तिपूरमा राहत माग्दै नाराबाजी गर्ने विद्यार्थीमाथि निर्घात कुटपिट गर्ने को हुन र किन कुटे? [भिडिओ]

समाचार
शेयर गर्नु होला

काठमाडौं ।

राजधानीको कीर्तिपूरमा राहत माग्दै नाराबाजी गर्ने विद्यार्थीमाथि अपरिचित व्यक्तिहरुले कुटपीटि गरेका छन् । विद्यार्थी ललितजंग रावलमाथि सडकमा निर्घात कुटपिट गरिएको हो ।

शनिवार विद्यार्थीको सुरक्षा र राहत माग्दै सडकमा निस्किएका विद्यार्थीमाथि आक्रमण भएको हो । विद्यार्थीलाई सडकमा लडाएर टाउको लात्ती प्रहार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सुरक्षा माग्दै प्रहरी वृत्त कीर्तिपुर जाँदै गर्दा विद्यार्थीहमाथि कुटपीट भएको जनता समाजवादी पार्टीका विद्यार्थी सङ्गठनका नेता रुप नारायण श्रेष्ठले बताएका छन् ।

राहत वितरणको विषयमा विवाद भएपछि विद्यार्थी नेता हेमराज थापाको सुरक्षाको माग गर्दै कीर्तिपुर चौकीमा आक्रमण गरिएको विद्यार्थीहरुले बताएका छन् ।

जारी लकडाउनका बेला कीर्तिपूरमा विद्यार्थीहरुले राहत नपाएको विषयबाट विवाद सुरु भएको हो ।

भिडिओ श्रोत : हेलो टिभी को युटुब च्यानल


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *