बेलायतमा कोरोना भाईरस संक्रमण बाट हाल सम्म २०३१९ जनाको मृत्‍यु, अवस्था चिन्ताजनक बन्दै

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

सुभास भट्ट | बेलायत

बेलायतमा हाल कोरोना भाईरसले आतंक मचाईरहेको अवस्थामा बितेको २४ घन्टामा कोरोना भाईरस संक्रमण बाट ८१३ को ज्यान गएकोछ । केही दिन यता मृत्‍युदरमा हल्का कमी आए पनी फेरी मृत्‍यु हुने सन्ख्या अहिले एक्कासी आकासिएकोछ।

सरकारी तथ्यान्क अनुशार बेलायतमा हाल सम्म भाईरसबाट संक्रमित हुनेको सन्ख्या १४८,३७७ पुगेकोछ भने भाईरसको संक्रमणबाट मृत्‍यु हुनेको कुल सन्ख्या २०,३१९ पुगेको छ।

बेलायत को स्वास्थ्य संस्था ण्ह्स् द्वारा गरायीएको जानकारी अनुशार हिजो २८,७६० जनामा कोरोना भाईरसको टेष्ट गरिएकोथियो जसमध्ये ४९१३ जनामा भाईरसबाट संक्रमित भएको पायीएकोथियो।

केही साता अघी स्वास्थ्य बिशेषज्ञहरु द्वारा लकडाउनको जिम्मेवारीपुर्बक पुर्ण पालना गर्न अनुरोध गरिएकोथियो। साथै तिब्ररुपमा बढीरहेको मृत्‍युदर लाई २० हजार भन्दा तल राखन जन्तालाई लकडाउन को पालना गर्न अनुरोध गरिएकोथियो तर दुर्भाग्यबस मृत्‍यु  सन्ख्या २० हजार कटेपछी सरकार र स्वास्थ्य संस्था द्वारा अवस्था निकै गम्भिर रहेको जिकिर गरेकाछन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *