भरतपुर अस्पताल बाट कोरोना लाई जिती एक पुरुष डिष्चार्ज तर उनी घर गएनन

समाचार
शेयर गर्नु होला

भरतपुर।

कोरोना संक्रमित भई उपचाररत एक पुरुषलाई भरतपुर अस्पतालले शनिबार डिष्चार्ज गरेको छ । पछिल्लो दुई पटकसम्मको परीक्षणमा नेगेटिभ देखिएपछि उहाँलाई अस्पतालले डिष्चार्ज गरेको हो ।

२७ वर्षीय ती व्यक्ति अस्पतालले डिष्चार्ज गरे पनि कोरोना संक्रमित आमाको हेरविचार गर्नुपर्ने भन्दै अस्पतालमै रहनु भएको अस्पतालका अध्यक्ष डा। भोजराअ अधिकारीले जानकारी दिनुभयो ।

वैशाख ३ गते ¥यापिट डाईग्नोष्टिक टेष्टका क्रममा भेटिएका आमा छोरालाई नै वैशाख ५ गते स्वाब परीक्षण पश्चात् संक्रमण भएको पुष्टि गरिएको थियो । अहिले छोराको परीक्षणमा कोरोना सक्रमण नेगेटिभ देखिए पनि ६३ वर्षीया आमाको भने अझै पनि संक्रमण नै देखिएको छ ।

संक्रमणको पुष्टि भएसँगै आमा छोरालाई नै भरतपुर अस्पतालको आइसोलेशनमा राखेर उपचार गरिएको थियो । उहाँहरु दुवैको स्वास्थ्य अवस्था भने सामान्य छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *