कोरोना संकट – अमेरिकामा ५४ हजारको गयो ज्यान

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

काठमान्डौ

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड– १९) संक्रमणमा कमी अैरहेको छैन । त्यहाँ अहिले पनि दैनिक ३० हजारभन्दा बढी नयाँ संक्रमितहरु फेला परिरहेका छन् । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ९ लाख ६० हजार ६५१ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । त्यहाँ शनिबार एकै दिन मात्र ३५ हजार ४१९ नयाँ संक्रमित फेल परेका छन्

अमेरिकामा कोभिड– १९ को संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि ५४ हजार २५६ पुगेको छ । त्यहाँ शनिबार एकै दिन मात्र २ हजार ६५ को कोरोनाकै कारण मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । १ लाख १८ हजारभन्दा बढी संक्रमित पूर्णरूपमा निकाे समेत भैसकेका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयाेर्कमा मात्रै काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या २१ हजार ९०८ पुगेकाे छ । शनिबार मात्र त्यहाँ ६१७ काे मृत्यु भएकाे छ । १० हजार ८६८ नयाँ संक्रमित फेला परेका छन् । यससँगै न्यूयाेर्कमा मात्रै काेराेना संक्रमितकाे संख्या २ लाख ८८ हजार ३१३ पुगेकाे छ ।

शु्क्रबार त्यहाँ ४२२ काे मृत्यु भएकाे थियाे । अर्काे बढी प्रभावित राज्य न्यूजर्सीमा काेराेना संक्रमितकाे संख्या १ लाख ५ हजार ५२३ पुगेकाे छ । त्यहाँ ५ हजार ८६३ जनाले ज्यान गुमाएका छन्, जसमा २७६ जनाकाे मृत्यु शनिबार मात्र भयाे ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *