कर्मचारीमा कोरोनासंक्रमणको पुष्टि भएपछि इस्लामाबादस्थित समाचार संस्था एपीको कार्यालय बन्द

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

काठमाडौं

पाकिस्तानको इस्लामाबादस्थित एशोसिएटेड प्रेस(एपी) समाचार संस्थाको प्रमुख कार्यालय बन्द गरिएको छ । एपीमा कार्यरत एकजना कर्मचारीमा कोभिड–१९ को संक्रमणको पुष्टि भएपछि प्रमुख कार्यालय बन्द गरिएको हो ।

समाचार संस्था एएनआइले इस्लामाबाद क्यापिटल टेरिटरी(आइसीटी)ले शुक्रबार अबेर एक सूचना प्रकाशन गरी एपीको प्रमुख कार्यालयमा एकजना कर्मचारीमा कोभिड–१९ को संक्रमणको पुष्टि भएपछि साबधानीस्वरुप कार्यालय बन्द गरिएको उल्लेख गरेको छ ।

सूचना बमोजिम एपी पाकिस्तानको कार्यालयमा सम्पादकीय र अन्य कर्मचारीको काम कार्यालय परिसरबाट हुने छैन् । कार्यालयमा कार्यरत कर्मचारीहरुलाई घरबाटै काम गर्न सुझाब दीएको छ ।

पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या १२ हजार ५०७ पुगेको छ ।जसमध्ये इस्लामाबादमा मात्रै २२३ जनामा संक्रमणको पुष्टि भएको छ । संक्रमणबाट पाकिस्तानमा करिब २६१ व्यक्तिको मृत्यु भएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *