र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकी युवतीको वीरगन्जकी मृत्यु

समाचार
शेयर गर्नु होला

वीरगञ्ज 

र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक युवतीको वीरगञ्जमा मृत्यु भएको छ । वीरगञ्ज-१० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो ।

उनको शव नारायणी अस्पतालमा राखिएको छ । उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइेको छ ।

उनलाई आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको नारायणी अस्पताल स्रोतले जनाएको छ । ब्लड क्यान्सरबाट ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियाे ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *