भारतमा कोरोना संक्रमित संख्या २८ हजारनजिक, ८८१ को मृत्यु

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

काठमान्डौ

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितहरुको संख्या २६ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार सोमबार बिहानसम्म भारतको कोरोना संक्रमित हुनेको संख्या २७ हजार ८९० पुगेको छ ।

२४ घण्टामा भारतमा १ हजार ६ सय ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ५६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ८१ पुगेको छ । ६ हजार ५ सय २३ जनाले कोरोना जितेर घर फर्कीसकेका छन् ।

विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेकाे संख्या २९ लाख ९४ हजार ३५२ पुगेकाे छ । हालसम्म काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या २ लाख ६ हजार ९६९ पुगेकाे छ ।

आइतबार ३ हजार ७५१ जना संक्रमितको ज्यान गएको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार ३३८ ले कमी हो । शनिबार विश्वभर ६ हजार ६९ संक्रमितको ज्यान गएको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *