बेलायत मा कोरोना भाईरस संक्रमण बाट मृत्‍यु हुने सन्ख्या घटदै, सरकार द्वारा स्वास्थ्यकर्मी र केयर वर्कर का लागी ठुलो राहत को घोषणा

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

सुभास भट्ट | बेलायत

बेलायतमा हिजो हाल सम्मकै सबै भन्दा कम मृत्‍यु भएको खबर रहेकोछ। बितेको २४ घन्टामा कोरोना भाईरस संक्रमण बाट ३५० को ज्यान गएकोछ ।

सरकारी तथ्यान्क अनुशार बेलायतमा हाल सम्म भाईरसबाट संक्रमित हुनेको सन्ख्या १५७,१४९ पुगेकोछ भने भाईरसको संक्रमणबाट मृत्‍यु हुनेको कुल सन्ख्या २१,०९२ पुगेको छ।

बेलायत को स्वास्थ्य संस्था NHS द्वारा गरायीएको जानकारी अनुशार हिजो सम्म ७,१९,९१० जनामा कोरोना भाईरसको टेष्ट गरिएकोथियो जसमध्ये ४३०९ जनामा भाईरसबाट संक्रमित भएको पायीएकोथियो।

हिजो गरिएको डेली ब्रिफिङमा सरकारका प्रबक्ता तथा स्वास्थ्य सचिब म्याट ह्यानककले स्वास्थ्यकर्मी र केयर वोर्करका लागी ठुलो राहत को घोषणा गर्नुभएकोछ। कोरोना सङको यस लडाईमा यदी कुनै स्वास्थ्यकर्मी या केयर वोर्करले ज्यान गुमाउनु परेमा उनीहरुको त्यागलाई अादर गर्दै उन्का परिवारलाई ६० हजार पाउन्डको राहत प्रदान गर्ने घोषणा गरिएकोथियो।

कोरोना भाईरस बाट संक्रमित भई करिब १ महिना पछी आज बेलायतका प्रधानमन्त्री बोरिश जोनसन काममा फर्किनु भएकोथियो। हिजो बिहान वाहाले प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा पत्रकार सम्मेलन गर्दै रास्ट्रका नाम सम्बोधन गर्नु भएको थियो। उक्त सम्बोधनमा प्रधानमन्त्रीले आफु झन् उर्जाका साथ फर्केर आएको र हालको स्थितीलाई मध्यनजर गर्दै कुनै पनी हालतमा लकडाउन लाई खुकुलो नपार्ने कुरामा जोड दिनु भयो। साथै प्रधानमन्त्रीले आफु यस्तो माहामारिको बेला देश र जन्ता बाट टाढा रहनु परेकोमा क्षमा समेत माग्नु भएकोछ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *