श्रीलङ्कामा ९५ नौसैनिकमा कोभिड–१९ सङ्क्रमण पुष्टि

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

कोलम्बो

श्रीलङ्कामा सङ्क्रमण पुष्टि भएकामध्ये ९५ जना नौसेनाका अधिकारी रहेका स्वास्थ्य मन्त्रालयले सोमबार पुष्टि गरेको छ । नौसेनाका अधिकारीहरूमा सुदुवेला र जा–एला क्षेत्रमा शङ्कास्पद कोरोना सङ्क्रमित र लागु औषध कारोबारीको खोजीका क्रममा सङ्क्रमण फैलिएको मन्त्रालयले जानकारी गराएको छ ।

श्रीलङ्कामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५२३ पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ । उक्त भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको पनि मन्त्रालयले बताएको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये ९५ जना नौसेनाका अधिकारी रहेका बताइेको छ । नौसेनाका अधिकारीहरूमा सुदुवेला र जा–एला क्षेत्रमा शङ्कास्पद कोरोना सङ्क्रमित र लागु औषध कारोबारीको खोजीका क्रममा सङ्क्रमण फैलिएको मन्त्रालयले जानकारी गराएको छ ।

सैनिक कमाण्डर शवेन्द्र सिल्भाका अनुसार सङ्क्रमित सबै नौसैनिक वेलिसरा नौसैनिक शिविरका रहेका छन् । सरकार र सेनाले उक्त शिविर र वरपरका क्षेत्रलाई देशका ‘आइसोलेटेड जोन’ घोषणा गरिएको छ । सङ्क्रमित सैनिक भएको शिविरमा प्रवेश र त्यहाँबाट बाहिर जानमा पूर्णतया प्रतिबन्ध लगाइेको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्क अनुसार श्रीलङ्कामा आइतबार सम्ममा कोरोनाभाइरस सङ्क्रमित १२० जना निको भएर घर फर्किएका छन् भने करिब ४०० जनाले देशका विभिन्न अस्पतालमा सघन उपचार कक्ष तथा एकान्तमा रहेर सेवा लीरहेका छन् ।

रक्षा सचिव कमल गुणरत्नले आइतबार श्रीलङ्काका सैनिक अधिकारीहरूलाई विदामा बसेको भए तत्काल आफू कार्यरत शिविरमार्फत् सरकारलाई जानकारी गराउन निर्देशन दिएका छन । श्रीलङ्कामा गत शुक्रबारदेखि कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि लगाइेको कफ्र्यू आदेश मङ्गलबारसम्म लागु हुनेछ । कफ्र्यूका बिषयमा अवस्था हेरेर त्यसपछिको लागि निर्णय लीने सरकारले जनाएको छ ।

सूचना विभागले कोभिड–१९ को सङ्क्रमण कम रहेका विभिन्न २१ जिल्लामा कफ्र्यू आदेशलाई मङ्गलबारदेखि खुकुलो बनाउँदै आर्थिक गतिविधिलाई सुरू गर्ने जनाएको छ । तर कफ्र्यू आदेश कोलम्बो, गम्पाह, कलुतारा र पुट्टालममा भने मे ४ गतेसम्मका लागि लागू रहने सरकारले निर्णय गरिसकेको छ । श्रीलङ्काको राजधानी कोलम्बोमा अहिलेसम्म सबैभन्दा बढी सङ्क्रमित व्यक्ति भेटिएका छन् ।रासस/ एनआइ


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *