बेलायत मा हाल सम्म कोरोना भाईरस संक्रमण बाट २१६७८ को मृत्‍यु, सर्बसाधाहरण लाई सार्बजनिक स्थलमा माष्क लगाउन सुझाब

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

सुभास भट्ट | बेलायत

बेलायतमा हिजो फेरी कोरोना भाईरस संक्रमित भई मृत्‍यु हुने सन्ख्या बढेकोछ, बितेको २४ घन्टामा कोरोना भाईरस संक्रमण बाट ६३९ को ज्यान गएकोछ ।

सरकारी तथ्यान्क अनुशार बेलायतमा हाल सम्म भाईरसबाट संक्रमित हुनेको सन्ख्या १६१,१४५ पुगेकोछ भने भाईरसको संक्रमणबाट मृत्‍यु हुनेको कुल सन्ख्या २१,७३१ पुगेको छ।

बेलायत को स्वास्थ्य संस्था NHS द्वारा गरायीएको जानकारी अनुशार हिजो सम्म ७,६३,००० जनामा कोरोना भाईरसको टेष्ट गरिएकोथियो जसमध्ये हिजो थप ३९९६ जनामा भाईरसबाट संक्रमित भएको पायीएकोथियो।

करिब १ महिना अघी देखी लकडाउनमा रहेको बेलायतमा हाल लकडाउन लाई लिएर केही अशन्तुष्टी हरु देखिन थालेकाछन, तर बेलायत सरकार र स्वास्थ्य संस्थाले अहिले को स्थितिमा लकडाउन लाई खुकुलो पार्नु या खोल्नु भनेको धेरै मृत्‍युलाई निम्त्याउनुहो भन्दै चेतावनी दिएकोछ।

हिजो भएको डेली ब्रिफिङमा सरकारका प्रबक्ता द्वारा बढदो संक्रमणलाई ध्यानमा राखी अब उपरान्त सबै जनतालाई सार्बजनिक स्थलहरुमा माष्कको प्रयोग गर्न सुझाब दिएकोछ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *