समाजवादी पार्टीका नेताहरुको सांसद ‘अपहरण’ को मुद्दा सरकारी वकिल कार्यालयले दर्ता गर्न मानेन [भिडिओ]

समाचार
शेयर गर्नु होला

काठमाडौं

केही दिनयता सर्बाधिक चर्चामा रहेको सांसद ‘अपहरण’ कान्डले ठुलो रुप लिदै गएको छ। जनता समाजवादी पार्टीका ठुला र बिशेष नेताहरु उक्त ‘अपहरण’को मुद्दाको विषयमा छलफल गर्न र मुद्दा दर्ता गर्न सरकारी वकिलको कार्यालय पुगेका थिए, तर त्य्हा पनी वाहा हरुको मुद्दा दर्ता नगर्न मानेको समाचार रहेको छ।

टेकु प्रहरी परिसरले आइतबार उक्त ‘अपहरण’ सम्बन्धी मुद्दा दर्ता गर्न अस्वीकार गरे पछी समाजवादी पार्टीका नेताहरु मंगलबार सांसद महेश बस्ने, किसान श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्धको मुद्दाको विषयमा छलफलका लार्गि  सरकारी वकिलको कार्यालय पुगेका थिए । दुई सांसद र पूर्वआईजीपी खनालविरुद्ध सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको छ।

सरकारी वकिलको कार्यालय पुगेका समाजवादी पार्टीका नेताहरुमा राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठसँगै अपहरित भनिएका सांसद यादवसमेत बबरमहल पुगेका थिए ।

भिडिओ श्रोत : ईमेज खबर को युटुब च्यानल


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *