ब्रेकिङ : रोल्पा बेवारिसे बम विस्फोटन हुदा ४ जना बालबालिकाको ज्यान गयो

समाचार
शेयर गर्नु होला

रोल्पा।

रोल्पा को त्रिवेणी गाउँपालिका –७ गैरीगाउँमा हिजो एेउटा अप्रिय घटना घटनपुग्यो जहा बेवारिसे बम विस्फोटन हुदा उक्त विस्फोटन बाट ४ जना बालबालिका हरुले अकाल आफ्नो ज्यान गुमाउन पुगे।

प्राप्त जानकारी अनुशार बालबालिकहरु ७ वर्षीय विजय खत्री, १४ वर्षीय लोकिराम डाँगी , ११ वर्षीया विमला खत्री र वडा नं ४ का १३ वर्षीय गौरव नेपाली  गाउ नजिकै खोलामा गाईबाख्रा चराउन गएका बेला उक्त स्थानमा रहेको बेवारिसे  बम विस्फोटन हुदा बालबालिकाको  ज्यान गएको भनिएकोछ।

बम विस्फोटको चर्को आवाज सुनेपछी स्थानीयवासी घटनास्थल पुग्दा बालबालिकालाई रक्ताम्य अवस्थामा फेला पारेकाथिए। घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेकोथियो। हाल सम्म उकत घटनाको बारेमा थप जानकारी भने नआएको कुरा को जानकारी जिल्ला प्रहरी कार्यालयले गराएकोछ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *