हरेक परिवार बाट एकजना सदस्यको कोरोना भाइरस संक्रमण को टेष्ट गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन

समाचार
शेयर गर्नु होला

काठमाडौँ

नेपालमा कोरोना भाईरस हाल दोस्रो चरणमा रहीरहेको अवस्थामा हाल सम्म संक्रमितको सन्ख्या ५९ पुगेको  छ। संसदीय समितिले हरेक परिवारबाट एकजना सदस्यको कोरोना भाइरस संक्रमणको टेष्ट गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले आज शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई कोभिड- १९ परीक्षणको दायरा बढाएर प्रत्येक परिवारसम्म पुग्न निर्देशन दिएको छ ।

कोरोना भाईरसको परीक्षणको दायरा विस्तार गर्दै कम्तीमा हरेक परिवारबाट एकजनाको नमुना छनौट गरी कोरोनाको परीक्षण गर्ने कार्ययोजना बनाइ लागू गर्न तथा स्वास्थ्य सामाग्रीको भण्डारणलाई प्राथमिकताका साथ सबै प्रदेश तथा स्थानीय तहमा आवश्यक अनुरुप व्यवस्थापन गर्न र राहत वितरण प्रक्रियालाई व्यवस्थित गर्न,’ समितिले सरकारलाई निर्देशन दिएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *