उपचाररत कोरोना सङ्क्रमितको निधन,नेपालमा मृतक सङ्ख्या तीन

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवल

कोरोना सङ्क्रमित अर्का एक व्यक्तिको निधन भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको बिहीबार बिहान निधन भएको हो ।

उनको भेन्टिलेटरमा उपचार भैरहेको थियो । प्रदेश ५ का सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशङ्कर चौधरीले सङ्क्रमितको मृत्यु भएको पुष्टि गरे । यस्तै, प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले पनि विज्ञप्ति मार्फत उनको आज विहान निधन भएको पुष्टि गरेको छ।

डा. चौधरीले स्थानीय सरकार, सरोकारवाला, सुरक्षाकर्मी लगायतकाे सल्लाह अनुसार शव व्यवस्थापन गर्ने कार्यविधि बमाेजिम मृतकको शव व्यवस्थापन गरिने पनि बताए । उनको मृत्युसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मुत्यु हुनेकाे सङ्ख्या तीन पुगेको छ । यद्यपि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसलाई आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *