कारागारमा उच्च सतर्कता

समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

घोराही

कोरोना सङ्क्रमणको जोखिम कम गर्न दाङको घोराहीमा रहेको कारागारमा उच्च सतर्कता अपनाइेको छ । कारागारमा थपिने कैदीबन्दीलाई क्वारेन्टिनमा राखेर मात्रै लैजाने गरिएको तथा भेटघाटमा रोक लगाइेको छ ।

घोराही कारागारमा पाँच जना अट्ने क्वारेन्टिन निर्माण गरिएको कारागारका जेलर विष्णु पाण्डेयले जानकारी दिए । बन्दाबन्दी शुरु भएपछि कारागारमा तीन कैदीबन्दी थपिएका छन् । उनीहरुलाई कारागारकै क्वारेन्टाइनमा १४ दिन राखी स्वास्थ्य परीक्षणपछि मात्र कारागार चलान गरिएको उनले बताए ।

घोराही कारागारमा २८५ कैदीबन्दी छन् । यसैगरी तुलसीपुर कारागारमा पनि सतर्कता अपनाइेको जेलर युवराज परियारले जानकारी  दिए। उनका अनुसार कारागारमा थपिने कैदीबन्दीलाई राख्नका लागि क्वारेन्टाइन निर्माण नगरिए पनि उनीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै राख्ने गरिएको छ । चार सय ६५ कैदीबन्दी रहेको कारागारमा ३२ महिला, ११ विदेशी र चार बालबालिका छन् ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *