नेपालमा कोरोनाबाट थप दुईजनाको मृत्यु

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं

कोरोना भाइरसको सङ्क्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । कुल मृत्यु १३ पुगेको छ । डा. देवकोटाका अनुसार डोल्पा र धनगढीमा एक-एक जनामा मरणोपरान्त कोभिड-१९ पुष्टि भएको छ। जेठ २१ गते मध्यरातपछि मृत्यु भएका ५८ वर्षीय पुरुषबाट सङ्कलित नमुनाको परीक्षण गर्दा कोरोनभाइरस देखिएको हो। उनी दमको रोगी भएको बताइेको छ। ती व्यक्ति जेठ १६ गते सुर्खेतबाट फर्कीइ क्वारन्टीनमा बसेका थिए।

धनगढीमा मिर्गौलाको समस्या भएकी ५५ वर्षीया महिलाको डाईयालिसिसको क्रममा मृत्यु भएको र पछि परीक्षण गर्दा उनमा कोरोनाभाइरस देखिएको डा. देवकोटाले बताए। तर उनमा पहिला कोभिड-१९ को कुनै लक्षण नदेखिएको बताइेको छ।

त्यसैगरि नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । योसँगै संक्रमितहरुको कुल सङ्ख्या ३२३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन।

 

 


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *