संशोधन फिर्ता लिन सरिता गिरीलाई पार्टीको निर्देशन, फिर्ता नलिए कारवाही गर्ने चेतावनी

समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं 

समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई संसद सचिवालयमा दर्ता गराएको विधेयक फिर्ता लिन सो निर्देशन दिएको छ । सांसद गिरीले नयाँ नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दे बुधवार संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराएकी थीइन ।

सो विधेयक फिर्ता लिनका लागि समाजवादी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले निर्देशन दिएका हुन। विधेयक फिर्ता नलिए पार्टील कारवाही गर्न वाध्य हुने निर्देशन पत्रमा उल्लेख गरिएको छ ।

मंगलबार मात्रै संविधान संशोधनसम्बन्धी विषयमा सबै दलले सैद्धान्तिक सहमती जनाएका थिए । तर गिरीले भने एकल रुपमा संशोधन प्रस्ताव दर्ता गराएकी थीइन् ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *