नवनियुक्त तीन जना मन्त्रीले लिए शपथ

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन जना मन्त्रीलाई आज बिहीबार बिहान शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । संविधानको धारा ८० बमोजिम राष्ट्रपति भण्डारीले मन्त्रीहरुलाई शपथ गराउनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लीलानाथ श्रेष्ठलाई नियुक्तिको सिफारिस गर्नुभएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी पाउनुभएका पार्वत गुरुङ यसअघि महिला बालबालिका मन्त्रीमा पदबहाल हुनुहुन्थ्यो । राष्ट्रपति भण्डारीले विशेष समारोहबीच मन्त्रीहरुलाई शपथ ग्रहण गराउनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *