पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा कोरोनाका १४२० जना सङ्क्रमित थपिए

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ४२० जना सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ४२० जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये ६०३ महिला र ८१७ पुरुष रहेका छन्। पछिल्लो चौबीस घण्टामा देशैभरि दुई हजार ७३६ सङ्क्रमित थपिएका छन् ।

उपत्यकामा हालसम्म कुल ४२५ जना सङ्क्रमितको मृत्यु भएको छ । काठमाडौंमा २८०, ललितपुरमा ७२ र भक्तपुरमा ७३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा काठमाडौंमा पाँच, ललितपुरमा चार र भक्तपुरमा एक सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *