नाइजेरियामा आतंककारी घटनामा कम्तिमा ११० व्यक्तिको मृत्यु, धेरै जसोको टाउको काटी हत्या

Breaking News अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

अबूजा – नाइजेरियामा भएको एउटा ठूलो आतंककारी घटनामा कम्तिमा ११० व्यक्तिको मृत्यु भएको छ। मरिसकेका धेरैजसो किसान र माझीहरू रहेका छन्। आतंककारीहरूले धेरै जसो मानिषहरुको टाउको काटी हत्या गरेका थिए। डेली मेल रिपोर्टका अनुसार बोको हराम उक्त आक्रमणको लागि जिम्मेवार रहेको अनुमान गरिएको छ।

सोही घटनामा आक्रमण पछि आतंककारीहरूले मृतकका श्रीमतीहरू र छोरीहरूलाई पनि बन्धक बनाएका थिए। यो घटना नाइजेरियाको बोर्नो स्टेटको हो। घटनामा मारिएका व्यक्तिहरुको आइतवार दाहसंस्कार गरिएको थियो।

जानकारी अनुशार यस वर्ष निर्दोष नागरिकहरूको हत्याको सबैभन्दा ठूलो घटनाको रुपमा यस घटना लाई मानिएको छ।

संयुक्त राष्ट्र संघका संयोजक एडवर्ड क्यालनले गराएको जानकारी अनुशार सशस्त्र आक्रमणकारीहरू मोटरसाइकलबाट आएका थिए। नाइजेरियाका राष्ट्रपति मुहम्मु बुहारीले यस आक्रमणले सम्पूर्ण देश घाइते बनाएको जिकिर गरेका छन।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *