नेपाली विद्यार्थीहरु द्वारा निर्माण गरिएको ‘गरुडा’ नामको रकेटको प्रक्षेपण धनुषामा गरियो [भिडिओ]

Breaking News समाचार सूचना प्रविधि
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ — आज नेपाली विद्यार्थीहरुको समुहले निर्माण गरेको ‘गरुडा’ नामको रकेट लाई प्रक्षेपण गरियो तर बिभिन्न प्राबिधिक कारणहरुले गर्दा उक्त रकेट मात्र डेढसय मिटर उडी खस्न पुगेको जानकारी रहेको छ।

एक्सपेरिमेन्टल साउन्डिङ रकेट एसोसिएसन (ईएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन स्पेसपोर्ट अमेरिका कप–२०२१ मा सहभागिता जनाउनका लागि नेपाली विद्यार्थीहरु द्वारा निर्मान गरिएको रकेटको नाम गरुडा रहेको छ । सोही रकेटलाई आज धनुषाको भिमानमा नेपाली शेनाको सहयोगमा प्रक्षेपण गरिएको थियो।

गरुडाका मुख्य निर्माणकर्ता मोहन तामाङले गराउनु भएको जानकारी अनुशार लन्च प्याड, हावाको बहाव र मोटरममा फ्युल बर्न राम्रोसँग नुहँदा प्रक्षेपण सोचे अनुरुप सफल हुन सकेको थिएन।। तर आफु हरुले एक पटकको प्रयाश बाट कुनै हरेस नखाएको र फेरी एक महिनापछि दोस्रो परीक्षण गर्ने जानकारी मोहन तामाङले गराउनु भएको छ।

साथै नेपाली सेना र राष्ट्रिय आविष्कारक केन्द्रको तर्फ बाट उक्त कार्यका लागी आफुहरुको सहयोग रहने प्रतिबद्दता समेत जनाएका छन।

भिडिओ श्रोत: लेलिन बिष्टको फेसबुक बाट


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *