माधवकुमार नेपालसहित चार नेतालाई एमालेले स्पष्टीकरण पत्र पठायो

Breaking News समाचार
शेयर गर्नु होला

काठमान्डौ – नेकपा एमालले पार्टी वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनालाई स्पष्टीकरण पत्र पठाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयानुसार चार जना नेताहरुलाई स्पष्टीकरण पत्र दीएको जानकारी दिए।

‘केन्द्रीय कमिटीको निर्णयानुसार स्पष्टीकरण पत्र पठाएका छौं। चारै जना नेताहरुका स्वकीय सचिवमाफर्त पत्र बुझाएका हौं,’ उनले भने, ‘उहाँहरुले नेताहरुलाई दिन्छौं भन्नुभएको छ।’

शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहितका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। माधव नेपाल समूहले उक्त बैठक बहिष्कार गरेको थियो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *