कोरोना भाइरसका १०५ जना सङ्क्रमित थपिए, चौबीस घण्टामा तीनजनाकाे मृत्यु

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौं – नेपालमा कोरोना भाइरसका १०५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ४७२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १०५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

पछिल्लो चौबीस घण्टामा ९९ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार २० जना निको भएका छन् । मन्त्रालयका अनुसार हाल एकहजार १७ जनामा कोरोनाको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले हाल ५१ जना क्वारेन्टिनमा रहेको जनाएको छ । हाल निको हुने दर ९८.६ प्रतिशत छ ।

पछिल्लो चौबीस घण्टामा तीनजनाकाे मृत्यु भएकाे छ । याेसँगै हालसम्म तीन हजार १९ जनाको सङ्क्रमणबाट मृत्यु भैसकेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *