नेकपा एमालेमा चार जना नेताहरुले स्पष्टीकरणको जवाफ दिने साथै अध्यक्ष तथा प्रधानमन्त्रीलाई प्रश्न पनी गर्ने

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – नेकपा एमालेमा चार जना नेताहरुलाई सोधिएको स्पष्टीकरणको जवाफ दिन वरिष्ठ नेता माधवकुमार नेपाल, एमालेका तत्कालिन उपाध्यक्ष भीम रावल, तत्कालिन उपमहासचिब घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डे तयार भएका छन्।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकले यी नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेअनुसार महासचिब ईश्वर पोखरेलले सोमबार चारै नेताहरुलाई स्पष्टीकरण पत्र पठाएका थिए।

तीन दिन भित्र जवाफ दिन भन्दै सोधिएको स्पष्टीकरणमा गुटगत भेला गरेकाले किन कारबाही नगर्ने भन्ने विषय छ। स्पष्टीकरण पत्र प्राप्त भएपछि माधव समूहले आवश्यक रणनीति बनाउन सोमबार साँझ स्थायी कमिटीका सदस्यहरुको बैठक गरेको थियो। सो बैठकले स्पष्टीकरणको जवाफ दिने निष्कर्ष निकालेको एक जना स्थायी कमिटी सदस्य ले जानकारी दिएका छन।

जानकारी अनुशार चारै जना नेताहरुले जवाफ दिने तर साथै जवाफमा प्रश्न पनि सोधिने भनिएको छ जस्मा मुख्यत बर्तमान अवस्थाबारे अध्यक्ष तथा प्रधानमन्त्रीलाई प्रश्न सोधिने कुरा खुल्न अाएको छ।a


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *