इलाम — कोलकातास्थित उच्च अदालतले पश्चिम बंगाल सरकारका नाममा सोमबार आदेश जारी गर्दै ४० वर्षसम्म भारतीय जेलमा बिताएका इलामका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी)लाई क्षतिपूर्ति उपलब्ध गराउन भनेको छ ।
कोलकाताको उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले दुर्गा प्रसादका परिवारबाट माग भए कानुन अनुसार क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई निर्देशन दिएको दुर्गाप्रसादको न्यायका लागि लडिरहेका अधिवक्ता हिरक सिन्हाले जानकारी गराएका छन ।
साथै अधिवक्ता सिन्हाका अनुशार अदालतको आदेशपछि दुर्गाप्रसादले क्षतिपूर्ति पाउने बाटो खुलेको जिकिर गरेका छन।