काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले बारम्बार प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै अाएको छ तर माओवादी केन्द्रले बर्तमान सरकारलाई दिएको समर्थन आजको अवस्था सम्म पनी फिर्ता लिएको छैन।
बर्तमान ओली सरकार माओवादीको समर्थनमा बहुमत प्राप्त गरेर सत्तामा रहेको सबै लाई जानकारीनै छ तर आजको अवस्था सम्म पनी माओवादी केन्द्रले समर्थन फिर्ता लिने सम्बंधी कही पनी आधिकारिक धारण ब्यक्त गरेको छैन । सोहि संधर्भमा हिजो मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा समर्थन फिर्ता लिने एजेन्डाको कुनै चर्चामै नभएको जानकारी रहेको छ ।
बैठकले नेकपा खारेज गर्ने सर्वोच्चको फैसला विरुद्ध पुनरावलोनकमा जाने निर्णय गरेपनि समर्थन फिर्ता लिनेबारे कुनै छलफल नभएको एक जना स्थायी कमिटी सदस्यले जानकारी दिए।
सर्वोच्च अदालतले फागुन २३ गते नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काइ दिएको थियो। तत्कालीन नेकपाभित्र रहँदादेखि नै माअोवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माओवादीका सांसदले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउँदै आएका थिए। पछिल्लो पटक बसेको माओवादी संसदीय दलको बैठकले समेत प्रधानमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको थियो।