एजेन्सी
Aamir Khan Covid Positive : – बलिउड अभिनेता आमिर खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । अभिनेता खानका प्रवक्ताका अनुसार उनि हाल घरमै क्वारेन्टिनमा बसेका छन।
उनको प्रवक्तालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको र उनको स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै घरमै बसेको उल्लेख गरेको छ । तत्काल उनको सम्पर्कमा आएका सबैलाई साबधानी अपनाउन आग्रह गरिएको छ ।
आमिर अभिनित ‘लाल सिंह चड्डा’ चललित्र प्रदर्शनको तयारीमा रहेको छ । भारतमा कोभिड १९ को दोस्रो लहर आ उँदा आमिर खान त्यसबाट प्रभाबित हुने पहिलो बलिउड अभिनेता भएका छन ।