प्रधानमन्त्री ओलीद्वारा एमाले मुख्यालयको नयाँ भवनको निरीक्षण

समाचार
शेयर गर्नु होला

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सर्न थालिएको पार्टी मुख्यालय भवनको आज निरीक्षण गरेका छन । उनले थापाथली पुगेर नयाँ सर्न थालिएको पार्टी मुख्यालयको भवनको निरीक्षण गर्नुभएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सबै कोठाको निरीक्षण गरेका थिए । कार्यालय सचिव रिजालले चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले धूम्रबाराहीस्थित पार्टी मुख्यालय थापाथलीमा सर्न लागिएको जानकारी दिए । “चक्रपथ विस्तारका क्रममा धुलोधुवाँ हुने भएकाले अहिलेको कार्यालयमा आवतजावत गर्न समस्या हुन्छ”,उनले भने , “ त्यसैले थापाथलीमा कार्यालय सर्न थालिएको हो । हामी चाँडै सर्छौँ । ”

विसं २०७२ को भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको कार्यालय भाडामा लिई पार्टी मुख्यालय सञ्चालन गरेको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *