काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्।
स्रोतका अनुसार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली बुधबार साँझ ७ः४५ बजे शितल निवास पुगेका हुन्।
राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको शितल निवास स्रोतले जानकारी दिएको छ। राष्ट्रपति भण्डारीले बंगलादेशको दुई दिने राजकीय भ्रमण गरेर फर्केपछि प्रधानमन्त्री ओलीसँग पहिलो पटक भेटेकी हुन्