नेकपा एमालेको खनाल–नेपाल समूहले भोली केन्द्रीय कमिटीको बैठक बोलायो

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौँ — भोलि शुक्रबार नेकपा एमालेको खनाल–नेपाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय सदस्य राजेन्द्र राईले गराएको जानकारी अनुशार भोली बिहान ११ बजे कलंकीस्थित पार्टी प्यालेसमा बैठक बोलाइको छ।

केही दिन अघी एमाले केन्द्रीय कमिटी बैठकले नेकपा एमालेको खनाल–नेपाल समूहका चार नेताहरु संग स्पष्टीकरण माग्ने निर्णय गरेको थियो र चारै नेताहरुले आफु स्पष्टीकरण दिन तयार रहेको र साथै प्रधानमन्त्री लाई प्रशन समेत गर्ने भनेको थियो।

जानकारी अनुशार भोलिको बैठकमा पार्टीको पछिल्लो विवादका विषयमा नै छलफल हुने भएको छ। साथै खनाल–नेपाल समूहले केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्यका समेत सुझाव समेटेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै स्पष्टीकरण माग्ने तयारी गरेका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *