बैतडी — भागरथी बलात्कारपछि हत्या प्रकरणमा नया तथ्य बाहिर अाएको छ। भागरथी प्रकरणका अभियुक्त दिनेश भट्टको डीएनए रिपोर्ट आएको छ । आज आएको रिपोर्टमा अभियुक्त दिनेश भट्टको डीएनए र मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको प्रहरी द्वारा दाबी गरिएको जानकारी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख अधिकारीले गराउनु भएको जानकारी अनुशार राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा डीएनए मिलेको बताए ।
दिनेश भट्टको डीएनए र मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिले संगै अब थप अनुसंधानमा थप सहयोग मिल्ने बैतडीका प्रहरी प्रमुख अधिकारीले बताएका छन।
बलात्कार र हत्याको आरोपमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई जिल्ला अदालत बैतडीको आदेश पछि पुर्पक्षका लागि बालसुधार गृह डोटीमा राखिएको छ ।