काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।
मुख्य सचेतक विशाल भट्टराई द्वारा गरिएेको जानकारी अनुशार शुक्रबार दिउँसो ३ बजे बालुवाटारमा बैठक बोलाइएको छ।
बैठकमा छलफलका लागि खासगरी तीन एजेण्डा तय भएको भट्टराईले बताए । ‘विकास निर्माणका योजना कसरी समेट्ने भन्ने विषयमा सांसदहरुबाट सुझाव लिने, चालु प्रतिनिधिसभा बैठकको अधिवेशन कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुन्छ । अर्को, दललाई एक ढिक्का बनाएर कसरी लैजान सकिन्छ भनेर छलफल हुन्छ,’ भट्टराईले भने ।
अर्को तिर भोलि शुक्रबार बिहान खनाल-नेपाल समूहले पनि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।