काठमाडौँ — सरकारले वार्ता टोली बनाएर चाडैनै चर्चित टीकापुर घटनाको निकास निकाल्ने आश्वासन दिएको छ ।
थारु कल्याणकारी सभा, थरुहटथारुवान संयुक्त संघर्ष समिति, केन्द्रीय आन्दोलन परिचालन समिति, काठमाडाैंले संयुक्त रुपमा माइतीघरमा जारी राखेको धर्ना कार्यक्रमै उपस्थित हुदै गृहमन्त्री राम बाहादुर थापाले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न सरकारले बार्ता टोली बनाउने जानकारी गराएका थिए।
आन्दोलनरत सबै लाई धर्ना रोकेर वार्ता टोली गठन गर्न गृहमन्त्री थापाले आग्रह गरेका छन र दुवै पक्षको वार्ता टोली बसेर समस्याको समाधान गरिने बताएका थिए ।
१९ बुँदे माग राखी केही दिनदेखि माइतीघर मण्डलामा धर्नामा दिइरहेका आन्दोलनरत पक्षले टीकारपुर घटना राजनीतिक प्रकृतिको भएकोले राजनीतिक सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने, रेशमलाल चौधरी, लक्ष्मण थारु लगायत माथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने माग राखेका छन।