नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उल्टै अध्यक्ष ओलीलाई प्रश्न गर्दै ८ पेजको स्पष्टीकरण पत्र पठाए

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण पठाएका छन्।

महासचिब ईश्वर पोखरेलले तीन दिन भित्र स्पष्टीकरण दिन पत्र काटे बमोजिम हिजो चौथो दिन नेता नेपालले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै ८ पेजको स्पष्टीकरण पत्र पठाएका छन्। जसमा अध्यक्ष ओलीमाथि उल्टै प्रश्न गरिएको छ।

नेता नेपालले सो पत्रको विषय नै ‘स्पष्ट पार्न हुन’ भनेर लेखेका छन्। साथै पत्रमा नेता नेपालले, ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले), केन्द्रीय कार्यालयको नाम र छाप अंकित २०७७ साल चैत्र ८ गतेको मिति उल्लेख गरी मेरो नाममा लेखिएको एउटा पत्र मेरो जानकारी विना नै मेरो घरमा छोडिएको अवस्थामा केही समय अघि फेला परेको र त्यसमा उल्लेखित धेरैजसो विषयमा तपाईले नै नेकपा (एमाले) केन्द्रीय कमिटीको विधिवत् बैठकलाई र त्यस मार्फत् नेकपा (एमाले) पंक्तिलाई स्पष्टीकरण दिनु आवश्यक देखिएकोले सो प्रयोजनका लागि निम्न बमोजिमको तथ्य विवरण प्रेषित गर्दछु।’ भनेर लेखेका छन।

Madhav Nepal

शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *