चर्चित गित ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन

Breaking News समाचार
शेयर गर्नु होला

बुटवल – चर्चित गायक गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ। चर्चित गित ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको हिजो बुटवलमा निधन भएको जानकारी रहेको छ।

गयक टीकाबहादुर श्रेष्ठको ७५ वर्षको उमेरमा निधन भएको हो । वहा द्वारा गाईेको गित ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीत नसुन्ने सायद नेपालमा कोही नै होला। उक्त गितले बेनीको बजारलाई बिश्व भरी चिनाउन सफल भएको थियो।

गायक श्रेष्ठ लामो समयसम्म मिर्गौलासम्बन्धी समस्या बाट जुझी रहेको जानकारी आफन्त हरुले जनाएका छन। गायक श्रेष्ठको निधनले लोक सङ्गीतको क्षेत्रमा ठुलो क्षति पुगेको कुरामा कुनै दुई मत छैन। वाहाको योगदानलाई नेपाली लोक सङ्गीतको क्षेत्रले सदैब सम्झि रहनेछ। हार्दिक श्रदांजली ।

भिडिओको श्रोत : The AD को युटुब च्यानल


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *