काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुबीच भएको छलफलमा कोरोना संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि राजधानीमा सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य गरिएको जानकारी रहेको छ ।
आज बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुको बैठकमा उक्त निर्णय भएको हो ।
साथै यदी सार्वजनिक यातायातमा यात्रुहरुले मास्क नलगाई यात्रा गरेको भेटिएमा कडा कारबाही गर्ने समेत निर्णय भएको जानकारी रहेको छ ।