काठमाडौं – आज बालुवाटारमा बसेको सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावलको उपस्थिती भने रहेन तर अर्का वरिष्ठ नेता झलनाथ खनाललगायत सो समूहका अन्या सांसदहरु भने बैठकमा उपस्थित रहेको जानकारी रहेको छ।
धेरै पटक ओलीले बोलाएको बैठकमा अनुपस्थित हुँदै आएको माधव समूह पहिलो पटक शुक्रबारको बैठकमा सहभागी भएको छ।
शुक्रबारको बैठकमा सहभागी हुनुअघि माधव समूहको केन्द्रीय कमिटी सदस्यहरुको बैठक बसेको थियो। सो बैठकले संसदीय दलको बैठकमा सहभागी हुने निष्कर्ष निकालेको थियो।