नेपालले तीन देश सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट श्रृखंला आयोजना गर्ने

खेलकुद समाचार
शेयर गर्नु होला

काठमाडौं – नेपालले घरेलु मैदानमा नेदरल्याण्ड्स र मलेसियालाई आयोजना गर्ने तय भएको छ । नेपाल क्रिकेट संघका अनुसार तीन देश सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी श्रृखंला वैशाख महिनाका लागि तय भएको हो । बजाज पल्सर त्रिदेशीय श्रृखंला नाम दिइएको प्रतियोगिता २० ओभरको हुनेछ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)को क्रिकेट तालिका बमोजिम लिग डिभिजन दुईका खेलहरु स्थगित भएपछि नेपाल लामो समयदेखि अन्तर्राष्ट्रिय स्पर्धा खेल्न सकेको छैन् ।

गत् वर्ष सुरुमै नेपालले विश्वकप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको रिजनल छनौट खेल खेलेको थियो । उक्त स्पर्धाबाट बाहिरिए यता नेपाली क्रिकेट टोलीले घरेलु क्रिकेट प्रतियोगिता अन्तर्गत प्रधानमन्त्री कप क्रिकेट र मेयर कप क्रिकेट प्रतियोगिता खेलेको छ ।

नेदरल्याण्ड्सले पनि २०१९ को नोभेम्बर महिना यता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सकेको छैन् । मलेसियाले भने गतवर्ष २०२० को फेब्रुअरी अन्त्यतिर अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो । मलेसियासँगै नेपालले समेत उक्त स्पर्धामा थाइल्याण्डमा सहभागिता जनाएको थियो ।

संघका सचिब अशोकनाथ प्याकुरेलले वैशाख ४ गतेदेखि ११ सम्म नेपालले नेदरल्याण्ड्स र मलेसियालाई आयोजना गर्नेछ । प्रतियोगितामा सहभागी हुने तीनवटै टोलीले राउन्ड रोबिनमा दुई दुई खेल खेल्नेछ । उत्कृष्ट हुने दुई टोली उपाधिका लागि स्पर्धा गर्ने संघका सचिव प्याकुरेलले बताउनुभयो ।

विश्वभरि नै कोभिड १९ को सङ्क्रमणको दोस्रो तथा तेस्रो लहर आइरहँदा क्यानले आयोजना गर्न लागेको त्रिदेशीय श्रृखंलामा भने स्वास्थ्य सतर्कतालाई प्राथमिकतामा राखिने सचिव प्याकुरेलले बताउनुभएको छ । “सबै खेलाडी र खेल अधिकारीको पीसीआर परीक्षण गरिनेछ र आईसीसीले तय गरेको मापदण्ड अनुसार ‘बायो बबल’ अन्तर्गत राखिनेछ ।”– प्याकुरेलले बताउनुभएको छ।

नेदरल्याण्ड्स क्रिकेट बोर्डका प्रशिक्षक र्यान क्याम्पवेलले लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नसकेको अवस्थामा त्रिदेशीय श्रृखंलाको घोषणाले उत्साहित भएको प्रतिक्रिया दिनुभएको छ । नेपाल र मलेसियासँग नेपालमा खेल्ने तालिकाले अन्तर्राष्ट्रिय क्रिकेटमा पुर्नप्रवेश अत्यन्तै चुनौतीपूर्ण हुने यद्यपि आफूहरु खेल्न उत्साहित रहेको उहाँले बताउनुभएको छ ।

मलेसिया क्रिकेट संघका अध्यक्ष महिन्दा भल्लिपुरमले अन्तर्राष्ट्रिय क्रिकेटमा करिब एक वर्षको रिक्तता र खडेरीपछि हुन लागेको प्रतियोगिताले उत्साहित भएको प्रतिक्रिया दिनुभएको छ ।डेभ व्हाटमोर नेपाली क्रिकेट टोलीको प्रशिक्षक नियुक्त भए यता नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न लागेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *