नेपाल त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न सफल, फाइनलमा बङ्गलादेश संग भिड्ने [भिडिओ / हाईलाईटस]

Breaking News खेलकुद समाचार
शेयर गर्नु होला

काठमाडौं – नेपाल त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई गोलरहित बराबरीमा रोकेपछि किर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालले फाइनलमा बङ्गलादेशकै सामना गर्ने तय भएको छ । फाइनल खेल सोमबार दशरथ रङ्शालामा साँझ साढे पाँच बजेदेखि हुनेछ । प्रतियोगिताको विजेता टोली पाँच हजार अमेरिकी डलरबाट पुरस्कृत हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङशालामा नेपाल र बङगलादेशले ०–० खेलेको हो । नेपालले प्रतियोगितामा गोल नगर्दै र जित हात नपार्दै फाइनलसम्मको यात्रा तय गरेको यो बिरलै अबसर हो । यसअघि नेपालले पहिलो खेलमा किर्गिस्तानसँग पनि गोलरहित बराबरी खेलेको थियो । आफ्नो दुबै खेलमा अङ्क बाँडेको नेपालले दुई खेलबाट दुई अङ्क जोडेको छ ।

किर्गिस्तानसँग जितेर पुरा तीन अङ्क बटुलेको बङ्गलादेशले भने नेपालसँग बराबरी खेल्दै अङ्क बाँड्दै चार अङ्कसहित शीर्ष स्थानमा छ । पहिलो खेलमा हार र दोस्रोमा नेपालसँग बराबरी खेलेको किर्गिस्तानले एक अङ्कमा सिमित हुँदै थ्री नेशन्स कप प्रतियोगिताको पूछारमा रहन बाध्य भयो ।

भिडिओ श्रोत : नेपाल ईनफोकसको युटुब च्यानल


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *