म्यानमार प्रदर्शन: शनिवार भएको मृत्युले अमेरिका ‘मर्माहत’

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

बीबीबी

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले म्यानमारमा भएको शनिवारको मृत्युले वाशिङ्टन ‘मर्माहत’ भएको बताएका छन्। शनिवार दर्जनौँ मानिस मारिएपछि गत महिना गरिएको सैन्य कू पछिको सबभन्दा बढी हताहत भएको दिन भएको छ। एक सय जना भन्दा बढी मानिस मारिएको बताइेको छ।

ब्लिङ्कनले भने,”शनिवारको घटनाले सैन्य शासकहरू केही मानिसको फाइदाका लागि सर्वसाधारणको जीवन समाप्त पार्छन् भन्ने देखाएको छ।””बर्माका साहसी मानिसहरूले सैनिकहरूको आतङ्कित पार्ने किसिमको शासन अस्वीकार गरेका छन्।” अंेरिकी दूतावासले त्यसाघि सुरक्षा फौजले ‘निःशस्त्र सर्वसाधारणको हत्या गरिरहेको’ बताएको थियो।

संयुक्त राष्ट्र सङ्घीय महासचिव एन्टोनियो गुटेरेसले आफू ‘स्तब्ध’ भएको बताएका छन्। ब्रिटिश विदेशमन्त्री डोमिनिक राबले त्यसको निन्दा गरेका छन्। चेतावनी दिँदादिँदै पनि प्रदर्शनकारीहरू शहर र नगरहरूमा बाहिर निस्केपछि बालबालिका सहित सर्वसाधारणमाथि घातक प्रहार गरिएको हो। राजबन्दी निगरानी समूह ‘द असिस्टेन्स असोसियशन फर पोलिटिकल प्रिजनर्स’ले ९१ जना मारिएको जनाएको छ। स्थानीय सञ्चार माध्यमले सङ्ख्या त्यो भन्दा बढी रहेको जनाएका छन।

मिङ्ज्ञान शहरका एक जना बासिन्दा थु या जले रोयटर्सलाई भने, हाम्रा घरमा प्रवेश गरेर समेत “उनीहरूले हामीलाई चरा वा कुखुरा मारे झैँ मारिरहेका छन्।” “तर हामी विरोध गर्न छोड्ने छैनौँ।”गत फेब्रुअरी महिनामा सैन्य कू भए यता विरोध प्रदर्शनकारीलाई दमन गर्ने क्रममा ४०० जना भन्दा बढीको ज्यान गैसकेको छ। आङ सान सु चीको दल न्याशनल लीग फर डेमोक्रेशीले भारी बहुमत ल्याएपछि सेनाले शासन सत्ता आफ्नो नियन्त्रणमा लिएको छ।

शनिवार के भयो?

म्यान्मारभरि प्रदर्शनकारीहरू जम्मा भएका थिए। अघिल्लो साँझ नै राष्ट्रिय टेलिभिजनले एउटा घोषणाको प्रसारण गरेको थियो। उक्त प्रसारणमा भनिएको थियो, “उनीहरूलाई टाउको वा ढाडमा गोली लाग्न सक्ने खतरा हुनसक्छ भन्ने मानिसहरूले पहिलेका खराब खाले मृत्युहरूको त्रासदीबाट सिक्नुपर्छ।” सुरक्षा फौजहरू र्‍यालीहरू रोक्ने कोसिसमा थिए। सामाजिक सञ्जालहरूमा साझा गरिएका तस्बिरहरूमा गोली लागेर घाइते भएका मानिसहरू र शोकाकूल परिवारहरू देखाइेका छन।

बर्मा ह्युमन राइट्स नेटवर्क यूकेका निर्देशकले बीबीबीसँग सेनाले उसको कुनै “सीमा र सिद्धान्त नभएको” देखाएको बताए। क्याव विनले भने, “यो नरसंहार हो, अब यो कुनै कारबाहीका रूपमा मात्र रहेन।” प्रत्यक्ष रूपमा गोली हानेरै देशभरिका ४० भन्दा बढी स्थानमा त्यस्ता कारबाहीहरू गरिएको बताइेको छ। म्यन्मारका स्थानीय समाचार वेबसाइटहरूले हालसम्म ११४ जनाको निधन भैसकेको जनाएका छन।

संयुक्त राष्ट्रसङ्घले कैयौँ मानिसहरू मारिएको र सयौँ घाइते भएको विवरण प्राप्त गरेको जनाएको छ। एएपीले मारिनेहरूमा उनकै घरभित्र गोली हानिएकी एकजना १३ वर्षकी बालिका पनि रहेको बताएको छ। प्रत्यक्षदर्शी र स्रोतहरूले बीबीसी बर्मिज्‌लाई बताए अनुसार कैयौँ सहरहरू र नगरहरूमा प्रदर्शनकारीहरू मारिएका छन्। याङ्गुन र दोस्रो ठूलो सहर मान्डलेमा पनि मानिसहरू मारिएको खबर छ। ती सहरहरूमा प्रदर्शनकारीहरूले एनएलडीको झण्डा बोकेका थिए र निरङ्कुशता विरुद्ध तीन औँला देखाएर गरिने परम्परागत सलाम गरेका छन। सेनाले अहिलेसम्म ती हत्याहरूबारे प्रतिक्रिया दिएको छैन।

एउटा सैन्य दिवसमा टेलिभिजनमा सम्बोधन गर्दै सैन्य कूका नेता मिन आङ लाइङले सेनाले “प्रजातन्त्रलाई बचाउनका लागि पूरा देशसँग हात मिलाएको” बताएका थिए। यसैबेला पूर्वी म्यान्मारको एुटा जातीय समूहले उसको नियन्त्रणमा रहेको क्षेत्रमा सैन्य जेटहरूले निसाना बनाएको बताएको छ। कारेन न्याशनल युनियनले थाई सीमा नजिकै एउटा सैन्य पोस्टमा आगो लगाएको खबर आएको केही घण्टाभित्रै उक्त सैन्य कारबाही भएको बताइेको छ। यसले कैयौँ वर्षको शान्तिपछि अब उक्त समूह र सेनाबीच तनाव बढ्ने ठानिएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *