नेपाली सेनालाई भारतीय सेनाको सहयोग, थप १ लाख डोज कोभिड–१९ भ्याक्सिन प्रदान

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौँ — भारतीय सेना द्वारा नेपाली सेनालाई थप १ लाख डोज कोभिड–१९ भ्याक्सिन सहयोग प्रदान गरेको छ ।

सैनिक प्रवक्ताले गराउनु भएको जानकारी अनुशार भारतीय राजदूतावासका सैनिक सहचारीले नेपाली सेनाका पदाधिकारीलाई हिजो त्रिभुवन विमानस्थलमा भ्याक्सिन हस्तान्तरण गरेका थिए ।

नेपाली सेनाले प्राप्त गरेको कोभिसिल्ड भ्याक्सिन संगठनभित्रका सैनिक र उनीहरुको आश्रित परिवारहरुलाई हस्तान्तरण गरिने प्रवक्ताले जानकारी गराएका छन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *