त्रिदेशीय कप फुटबल – नेपालको उपाधि जित्ने लक्ष्य

खेलकुद
शेयर गर्नु होला

काठमाडौं – नेपालले त्रिदेशीय कप फुटबल प्रतियोगिताको उपाधिको लागि आज बङ्गलादेशको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङशालामा नेपाल र बङ्गलादेशबीच साँझ साढे पाँच बजे स्पर्धा हुनेछ ।

घरेलु समर्थकको उपस्थितिमा नेपालले गोलको खडेरी तोड्दै बङ्गलादेशलाई हराएर उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । राउन्ड रोबिनको दुबै खेलमा नेपालले किर्गिस्तान र बङ्गलादेश बिरुद्ध गोलरहित बराबरी खेलेको थियो । बङ्गलादेशले भने किर्गिस्तानमाथि १–० को जित हात पारेर फाइनलको यात्रा तय गरेको हो ।

उपाधिका लागि हुने होडभन्दा अगाडिको पत्रकार सम्मेलनमा नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले फाइनलमा गोल गरेर उपाधि जित्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिने बताउनुभएको छ । नेपालले पछिल्लो पटक विश्वकप फुटबल २०२२ को छनौट खेलको पहिलो चरणमा चाइनिज ताइपेइलाई २–० ले हराए यता गोल गर्न सकेको छैन । त्यसयता बङ्गलादेश बिरुद्ध उसको घरेलु मैदानमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगिताको दुई खेलमा समेत नेपालले गोल गर्न सकेन ।

त्रिदेशीय कप फुटबलमा घरेलु मैदानमा किर्गिस्तानसँग ०–० को बराबरी खेलेको नेपालले पछिल्लो पटक बङ्गलादेशसँग समेत गोलरहित बराबरी खेलेको हो । बङ्गलादेश बिरुद्धको खेलको दोस्रो हाफमा नेपालले केही आक्रामक प्रयास गरेपनि ‘फिनिश’ दिन चुकेको थियो ।

बङ्गलादेशले घरेलु मैदानमा तीन महिना अघि पराजित गरेको हारको बदला लिने नेपाल उपयुक्त अबसर पाएको छ । बङ्गलादेशका प्रशिक्षक जेमी डेले घरेलु समर्थकको साथ रहने नेपाली टोलीलाई हराउनु चुनौतीपूर्ण भएपनि अबसरको रुपमा लिने बताए ।प्रतियोगिताको बिजेताले पाँच हजार अमेरिकी डलरसहित ट्रफी हात पार्नेछ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *