सूइज नहरमा ६ दिन अघि फसेको पानीजहाज ‘सारियो’

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

एजेन्सी
स्वेज नहरमा विशाल जहाज फस्दा निर्मित अवरोध आशिंक खुला भएको छ । गत् मंगलबारदेखि स्वेज नहरमा जहाज फस्दा यूरोप र एशियाको ब्यापार नराम्ररी प्रभाबित हुने अनुमान गरिएको छ ।

सोमबार बिहान सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा एभर गिभेन नामक जहाज नहरको तटीय भागमा आइपुगेको देखिएको बीबीसीले उल्लेख गरेको छ । एभर गिभेन तटीय भागमा पुग्दा अन्य जहाज आवत जावत गर्ने बाटो खुला भएको जनाइएको छ ।

इजिप्ट भएर बग्ने स्वेज नहर विश्वकै सबैभन्दा ब्यस्त रहने एक प्रमुख ब्यापारिक समुद्री मार्ग हो । चार सय मिटर लामो तथा दुई लाख टन भार रहेको ‘भेस्सेल’ गत् मङ्गलबार बिहान स्वेज नहर भएर यात्रा गरिरहँदा आँधी र तीब्र वायु वेगले फस्न पुगेको थियो ।

विश्व ब्यापार परिवहनको करिब १२ प्रतिशत सामग्री १९३ किलोमिटर स्वेज नहर भएर हुँदै आएको छ । स्वेज नहरले भूमध्य सागर र लाल सागरलाई जोड्छ । स्वेज नहर एशिया र यूरोप जोड्ने सबैभन्दा छोटो ब्यापारिक मार्ग हो । बैकल्पिक मार्गले भने एशिया र यूरोप ओहोरदोहोर गर्न स्वेज नहरको बाटोको अपेक्षा दुई साता बढी समय लिन्छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *