वायु प्रदूषण : विद्यालयहरु बन्द गर्ने सरकारको तयारी

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – सरकारले केही दिन विद्यालय बन्द गर्ने तयारी गरेको छ । वायु प्रदूषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भैरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए । उनले भने, ‘छिट्टै यसबारे निर्णय हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय बन्द गर्नेबारे सरकारले तयारी गरिरहेको जानकारी दिए। चीनले नेपाललाई दिएको कोरोनाको खोप हस्तान्तरण गर्ने कार्यक्रममा ओलीले बालबालिकाको स्वास्थ्यको लागि विद्यालय बन्द गर्ने तयारी गरेको बताएका हुन।

‘अहिलेको अवस्थालाई हेरेर बालबालिकाको स्वास्थ्यलाई ध्यान दिएर नै सरकारले विद्यालय बन्द गर्ने सोच बनाएको हो,’ प्रधानमन्त्री ओलीले भने। पछिल्लो समय वायुमण्डलमा भएको खराबीका कारण श्वास फेर्न पनि कठिन भएको छ। बालबालिकाहरु पनि यसबाट प्रभावित हुने भएपछि विद्यालय बन्द गर्नुपर्ने उनको भनाइ छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *