“केपी शर्मा ओलीको तानाशाही निर्णय अस्वीकार्य छ” – भिम रावल

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – पार्टीबाट ६ महिनाका लागि निलम्बनमा परेका नेता डा भीम रावलले आफुले कारबाही अस्विकार गर्ने र आफु प्रती गरिएको कारवाहीलाई भत्र्सना समेत गरेका छन।

एक वक्तव्य जारी गर्दै नेकपा नेता रावलले नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचत केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले ओलीबाट गरिएको उक्त निर्णयको भत्र्सना गर्दै पूर्ण रुपमा अश्वीकार गर्दछु भनेका छन।

साथै नेता रावलले देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रतिको दावेदारी भन्दै ओलीले पार्टीको नवौं महाधिवेशनको मार्ग निर्देशनविरुद्धको निरंकुश र स्वेच्छाचारी कुकृत्यगरेको दावी गरेका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *