तस्बिर: डा माहाबिर पुनको फेसबुक बाट
काठमांडौ – राष्ट्रिय आविष्कार केन्द्रमा हिजो भारतका प्रख्यात बैज्ञानिक सोनाम वांग्चुक पाहुनाको रुपमा अौनु भएको जानकारी रहेको छ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष माहाबिर पुनले आफ्नो सामाजिक संजाल फेसबुकमा उक्त कुराको जानकारी दिदै बैज्ञानिक सोनाम वांग्चुक राष्ट्रिय आविष्कार केन्द्रमा अौनु भएको कुराको खुलाशा गर्नु भएको छ।
जानकारीका लागी बैज्ञानिक सोनाम वांग्चुक तिनै बैज्ञानिक हुन जस्को जीवनमा आधारित भारतिय चलचित्र थ्री ईडीयट (ठ्री इदिओत्स्) बनेको थियो जस्मा कलाकार आमिर खानले सोनाम वांग्चुकको भुमिका गरेका थिए।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष माहाबिर पुनले आफ्नो समाजिक संजालमा लेखेका छन; “उहाँ पेशाले र कामले साच्चिकै ईन्जिनियर र बैज्ञानिक हुनु हुन्छ र हिमाली भेगको फाइदाको लागी काम गर्नु हुन्छ । राष्ट्रिय आविष्कार केन्द्रले उहाँले गरेको अनुसन्धानहरुलाई नेपालको हिमाली भेगमा पनि सके सम्म पुर्याउन कोसिस गर्ने छ र त्यसको लागी उहाँको संस्था संग सहकार्य गर्ने छ । हेर्दै जाउँ, के के कुरामा सहकार्य गर्न सकिन्छ ।”
आज राष्ट्रिय आविष्कार केन्द्रमा लद्दाख भारत बाट प्रख्यात बैज्ञानिक Sonam Wangchuk आऊनु भयो. उहाँले नेपालीमा बोलेको भिडियो हेर्नुस्। थ्री ईडीयट (Three Idiots) भन्ने अमीर खान हिरो भएको फिल्म धेरैले हेर्नु भयो होला। सो फिल्म उहाँको जीवनमा आधारित फिल्म थियो। अब उहा संग सहकार्य गरिन्छ pic.twitter.com/6gCRz5mzWX
— Mahabir Pun (@MahabirPun) March 29, 2021